नेकपाकै सांसद भन्छन् गुठी विधेयक स्थगित गर्नुपर्छ



काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद जीवनराम श्रेष्ठले गुठी विधेयक तत्काल स्थगित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं ८ बाट निर्वा्चित नेकपाका सांसद श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि विनियोजित वार्षिक बजेटमाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले गुठी विधेयक स्थगित गर्नुपर्ने माग गरेका हुन् ।  

गुठीलाई व्यवस्थित गर्नुपर्ने भनेर विधेयक ल्याइए पनि त्यसले काठमाडौंका निजी गुठीका समस्या समाधान नगरेको श्रेष्ठको भनाइ थियो ।

उक्त विधेयकले उपत्यकाका जनतालाई प्रभावित गरेकाले विज्ञहरुसंगको छलफलबाट आएको सुझावका आधारमा  विधेयक ल्याउनुपर्ने बताए  । 

 

प्रतिक्रिया दिनुहोस्