संसदमा थारु आयोगको वार्षिक प्रतिवेदन पेस



काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको विरोधका बीच आयोगको वार्षिक प्रतिवेदन बैठकमा पेस गरिएको हो ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन–२०७७/८८ बैठकमा पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्