४ घन्टापछि शान्त भयो बानेश्वर



काठमाडौँ । बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र ४ घण्टापछि शान्त भएको छ । संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।

झडपका ३ प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् भने १२७ जना पक्राउ परेका छन्। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो। सो क्षेत्र अहिले शान्त भएको छ।

 

प्रतिक्रिया दिनुहोस्