मुस्लिम इत्तेहाद संगठनको छैठौं महाधिवेशन १२ चैत देखि



काठमाडौं । नेपाल मुस्लिम फत्तेहाद संगठनको छैठौं महाधिवेशन चैत्र १२ देखि १४ गतेसम्म हुने भएको छ । संगठनको केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी तथा प्रदेश इन्चार्ज, सह-इन्चार्ज समेतको विस्तारीत बैठकले यस्तो निर्णय गरेको हो ।

सिराज अहमद फारुकिको अध्यक्षता, तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य जनसंगठन समन्वय संयन्त्रको संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्य साथै  एमाले केन्द्रीय कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका  सहसंयोजक रचना खड्काको विशिष्ट आतिथ्यमामा माघ २९ गते बैठक सम्पन्न भएको हो ।

बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई छैठौं महाधिवेशन आयोजक कमिटीको रुपमा फारुकि र मोहम्मद हारुन सह-संयोजक रहने गरी २६१ कमिटी विस्तार गरेको हो ।

साथै बैठकले महाधिवेशन आयोजक कमिटीलाई व्यवस्थित सञ्चालन गर्न संयोजकको नेतृत्वमा २५ सदस्यीयभन्दा बढि नहुनेगरी सचिवालय गठन गर्ने पनि निर्णय गरेको छ । बैठकले आगामी चैत्र १२ देखी १४ गतेसम्म हुने संगठनको राष्ट्रिय महाधिवेशनको तयारीको लागि विभिन्न समिति तथा उप-समितिहरू गठन गरेको छ ।

जसमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति सिराज अहमद फारुकी, बिधान तथा मस्यौदा समितिमा जुनद अन्सारी, आर्थिक प्रतिवेदन प्रमुखमा मोहम्द हारुन, स्वयंसेवक उप-समिति सकिल खान समितिमा रहेका छन् ।

यस्तै आवास तथा खाद्यान्न उप-समिति प्रमुखमा हलिम शाह, अधिवेशनमञ्च तथा हल व्यवस्थापन उप-समितिमा हाजी हलीम अन्सारी, प्रतिनिधि व्यवस्थापन उप–समितिमा कुटुमछीन अली, अतिथि सत्कार उप-समिति प्रमुख साजिदा सिहिकी, आर्थिक उप-समिति प्रमुखमा मोहमद हारुन, जन परिचालन उप-समिति प्रमुख हाजिअब्दुल हकीम र प्रचार-प्रसार उपसमिति प्रमुख जफर जमालि चयन भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्