राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजनिक गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा यही साता सार्वजनिक गर्ने भएको छ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष ६ महिनाको तथ्याङ्क विश्लेषण तथा सरोकारवालाबाट आएको सुझावको आधारमा गरिएको समीक्षा सार्वजनिक गर्न लागेको हो।

स्रोतका अनुसार मौद्रिक नीति समीक्षाका लागि राष्ट्र बैंकको व्यवस्थापन समितिको छलफलबाट टुंगिएको छ। यद्यपि राष्ट्र बैंकको सञ्चालक समितिमा छलफल हुन बाँकी छ ।

व्यवस्थापन समितिबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्