बलिउड नायक सलमान खान नेपाल आउने



काठमाडौँ । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । नायक खानसहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउन लागेको हो ।
दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।
ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो ।
यसअघि २०७४ फागुन २६ गते सलमानखान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भएको थियो । उनका भाइ सोहेल खान काठमाडौं आई पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी लिई फर्किसकेका थिए । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्