दोहोरो अंकले बढ्यो शेयर बजार



काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ।
बजार परिसूचक नेप्से ६०.५६ अंकले र सेन्सिटिभ सूचक १२.०९ अंकले बढेको हो।
सूचक बढे पनि बुधबार कारोबार रकम साढे २ अर्ब मात्रै छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २ सय १७ कम्पनी कारोबारमा सामेल भएकामा ६१ लाख कित्ता सेयर बिक्री भएका छन्।
यस्तै, बुधबार १३ वटै उपसूचक हरियो छन्। शेयर बजारमा ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
लगानीकर्ताहरुले बुधबार ४.९६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।
सबैभन्दा बढी नबिल बैंकको शेयर कारोबार भएको छ। बैंकको ९ करोडको कारोबार भएको हो।
त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोडको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्