वीरगञ्जमा सूर्य गंगा आरती सुरु



वीरगञ्ज : वीरगञ्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा आइतबारदेखी सूर्य गंगा आरती शुरु भएको छ । सूर्य गंगा आरतीको उदघाटन प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विरुवामा जलार्पण गरी सूर्य भगवानको विधिवत पुजापाठ गरी सुरु गरेका हुन् ।  

उदघाटन समारोहमा बोल्दै प्रदेश प्रमुख कायस्थले गंगाको महत्वबारे प्रकाश गराउँदै सप्ताहित होइन् दैनिक रुपमा आरती सञ्चालन गर्नुपर्ने बताए । उनले भने, गंगा आरतीले गर्दा यहाँको वातावरण स्वच्छ, मानसिक तनाव मुक्त, पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिन्छ । 

प्रदेश प्रमुख कायस्थले समाजमा देखिएको समस्याहरुबाट निजाद पाउँनको लागि हामीले शिक्षा होस् वा जिवनको माध्यम होस् आफनो धर्म संस्कृती धर्म तिर फर्कनै पर्छ र आफूलाई यसमा समावेश गराउँनु पर्ने बताए । 

हाम्रा पुर्खा र ऋषिमुनीहरुले देखाएको धर्म र संस्कृतिको बाटोलाई चिन्तन गरी अवलम्ब गर्न नै अहिलेको आवश्यकता रहेको औल्याउँदै प्रमुख कार्यस्थले, यस्ता कुरा जति सम्बृद्ध हुन्छ त्यती नै समाजको पनि सम्बृद्धि र विकाश तर्फ जान सक्छ । 

उदघाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री बी.सी प्रधान, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, गंगा आरतीका मुख्य पुजारी कान्तमणी त्रिपाठी (पुराण वाचक) ले गंगा आरतीको महत्व र यसको लाभदायीबारे प्रष्ट पारेका थिए । 

गंगा आरती परिवार पर्साका अध्यक्ष अशोक वैद्यको संयोजगत्वमा सुरु भएको आरती समारोहकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यापारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी तथा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । 

वीरगञ्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा सुरु भएको गंगा आरतीमा दक्षता हासिल गरेका गंगा आरती परिवारका सदस्य शशिकान्त मणी त्रिपाठी सहितको तीनजना पुजारीहरुले आरती गरेका थिए । सुर्य गंगा आरती परिवारले घडीअर्वा पोखरीमा हालका लागि साताको एक दिन गंगा आरती आयोजना सुरु गरेको छ । 

भारतको बनारस र  हरिद्वार, जनकपुरको गंगासागर जस्तै वीरगञ्जको घडीअर्वा पोखरी परिसरमा पनि हरेक साताको एक दिन गंगा आरतीसहितको पूजा अर्चना शुरु गरिएको अध्यक्ष वैद्यले बताए । गंगा आरतीमा पर्सा, बाराका साथै सिमावर्ती भारतको रक्सौल र त्यस आसपासका स्थानीय पनि सहभाती हुने अपेक्षा गरेका छौ ।

आपसी सहिष्णुता, धार्मिक सद्भाव,  संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्धनका लागि घडीअर्वा पोखरीमा सुरु गरिएको गंगा आरतीले सकरात्मक भुमीका निर्वाह गर्नेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष वैद्यले बताए ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको र प्रदेश २ का सरकारले प्रदेशको विकास निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्ये एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरी धार्मिक पर्यटनको प्रबद्र्धन गरी राष्ट्रिय एवम् प्रारदेशिक संकल्पलाई मूर्त रुप दिन सूर्य गंगा आरती एउटा प्रयासको रुपमा सञ्चालन गरिएको गंगा आरती परिवारले जनाएको थियो । 

पूजा अर्चनाका क्रममा भए गरेको त्रुटीलाई सच्याउन वा त्रुटी गल्तिबाट दोषमुक्त हुन आरतीको आयोजना गरिने धार्मिक मान्यता रही आएको छ, साँचो मन, हृदयबाट गंगा आरतीमा सहभागि हुने जोसुकै भक्तालुको मनोकामना माँ गंगाले पुरा गर्ने जनआस्था रहेकोले सातामा हुने आरतीमा सहभागि हुन सबैमा अपिल समेत छ । 

 

प्रतिक्रिया दिनुहोस्