त्रासका कारण दुई गाउँ पुरुषहीन



सर्लाही : जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । 

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

अनावश्यक डरत्रासले खैर्वाा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ ।, आजको अन्नपुर्ण पोष्टमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्