अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट



एजेन्सी । युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन्। पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन्।

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ।

पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे। ‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए। हामीलाई थाहा छ की त्यो गलत हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्