एनसीबीले आर्यनसँगै अनन्या पाण्डेको घर पनि लियो तलासी



काठमाडौं । भारतमा लागुऔषध मुद्दामा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्यूरो) को अनुसन्धान निरन्तर चलिरहेको छ ।
एनसीबीले चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको घरमा तलासी लिएको छ ।
तलासी पूरा भएपछि अनन्या पाण्डेलाई सोधपुछका लागि एनसीबी कार्यालयमा बोलाइएको छ ।
यो सँगै एनसीबी अभिनेता तथा आर्यन खानका बाबु शाहरुखको घर मन्नतसम्म पुगेको थियो । शाहरुख घरमा उपस्थित रहेको बताइएको छ ।
यसभन्दा पहिले बुधवार, ड्रग्सको मामलामा उनका छोराको जमानतको आवेदन अस्वीकार भएपछि, शाहरुख आर्यनलाई भेट्न आर्थर रोड जेल पुगेका थिए। दुईबीचको भेट करिब १५ मिनेट चलेको थियो।
एनसीबीले आर्यन खानको केही च्याट पाएको छ । उक्त च्याटमा उनले ड्रग्सबारे एक बलिउड अभिनेत्रीसँग कुराकानी गरेका थिए ।
सुनुवाइको समयमा एनसीबीले अदालतमा प्रमाणको रुपमा यो कुराकानी प्रस्तुत गरेको थियो ।
आर्यनको जमानत नहुनुको एक कारण उनीविरुद्धको यो महत्वपूर्ण प्रमाण पनि हुन सक्ने बताइएको छ ।
आर्यन खानको जमानत निवेदन खारेज भएपछि उनका वकिलले मुम्बई उच्च अदालतमा जमानतका लागि निवेदन दिएका छन् ।
यस मुद्दाको सुनुवाई अब २६ अक्टोबर अर्थात मंगलबार हुनेछ । तबसम्म आर्यन जेलमा बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्