सत्ता गठबन्धनको बैठक सकिए लगतै ओली भेट्न बालकोट हिँडे प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ गएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन्।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न नसकेपछि उनी ओली भेट्न बालकोट हिडेका हुन् । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।

बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए। सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकमा प्रचण्ड र माधव नेपालले एमसीसी टेबल हुनअघि संसदको अवरोध हट्नु पर्ने शर्त राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्