चुरीयामाई मन्दिर नजिकै बस दुर्घटना: १ को मृत्यु, २२ घाइते  



हेटौंडा :  सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै बस दुर्घटना भएको छ ।  

दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २२ यात्रु घाइते भएका छन् ।  मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते १ जनाको ज्यान गए पनि पहिचान भन्ने खुल्न नसकेको मकवानपुरका एसपी मुकेश सिंह बताए ।  

एसपी सिंहका अनुसार सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । बसमा ३० यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्