नेपाली फिल्मको सुटिङ गर्न सुनील सेट्टीको आउँदै



काठमाडौं । बलिउड अभिनेता सुनील सेट्टी आउँदो फेब्रअरीको तेस्रो साता नेपाल आउने भएका छन् । नेपाली कथानक चलचित्र ‘एक्स–९’ को छायांकनका लागि उनी नेपाल आउन लागेका हुन् । उनी ६ दिन नेपालमा रहनेछन् ।
चलचित्रमा उनको छायांकनको सिन सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ ।
एक्स–९ का निर्देशक मुकुन्द भट्टकाअनुसार चलचित्रका मुख्य भूमिकामा रहने कलाकारमध्ये सेट्टी पनि एक हुन । ट्टबलिउडको ठूलो फिगर भएका कारण मात्रै उहाँलाई हामीले समावेश गरेका होइनौँ । कथाको डिमान्डले नै उहाँ समावेश हुनुभएको हो, उनले भने । आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको मुकुन्द सुनाउँछन् ।
चलचित्रका लागि १२ करोड रुपैयाँ अनुमानित बजेट लाग्नेछ । यद्यपि, उनले सुनीललाई दिएको पारिश्रमिक भने खुलाउन चाहेनन् । उनको सुटिङ सक्न करिब १२ दिन लाग्नेछ । नेपालबाहेक स्कटल्यान्डमा पनि सुनीलले छायांकन गर्नेछन् । घुमघाम र आउन–जान गरेर करिब २० दिन लाग्ने उनी सुनाउँछन् ।
नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको उनी बताउँछन् । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्