विश्वकप छनोट : ओमानविरुद्ध नेपालको खराब सुरुवात



काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १२ ओभरकाे खेल सिकदा ४ विकेट गुमाएर मात्र ५५ रन जोडेको छ।

नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको थियो । उनले ४ रन बनाए । कुशल भुर्तेल दोस्रो विकेटका रुपमा आउट भए। कुशल ५ रन बनाएर आउट भएका हुन् । यस्तै ज्ञानेन्द्र मल्ल  १५ रन बनाएर आउट भए ।

नेपालले चौंथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई ११ रनमा गुमाएको छ । ओमानका जेसन मक्सुदको बलमा दिपेन्द्र आउट भएका हुन् । नेपालले ४ विकेट गुमाएर ५५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्