गुठी विधेयक विरुद्धको आन्दोलनमा संसदबाटै कांग्रेसको एक्यवद्धता 



काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा सडकमा भइरहेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने ‘ गुठी विधेयकको विरोधमा सडकमा स्व स्फूर्त रूपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा नेपाली कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ । ’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सोचिने छ विचार गरिने छ भन्ने र सरकारका प्रवक्ताले सामन्ती अवशेष मेटाउने जस्ता अभिव्यक्तिले त कुटे जस्तो गर म रोए जस्तो गर्छु भन्ने जस्तो देखिएको बताए ।

उनले सरकारले विधेयक फिर्ता नलिए त्यसबाट निम्तिने परिणाको सरकारले जिम्मा लिनुपर्ने चेतावनी दिए । उनले दमनको बाटोबाट नभई वार्ता र सम्वादको बाटोबाट समाधान खोज्न सरकारलाई आग्रह गरे ।

उनले भने ‘सरकारले दमनको बाटो होइन वार्ता र संवादबाट समाधान खोजोस् , सरकारले गुठी विधेयक फिर्ता गर्नुपर्छ ।’प्रधानमन्त्री ओलीले विधेयक बारे सोच्ने र सच्याउने भनेकै भोलिपल्ट काँग्रेसले संसद्बाट सडक आन्दोलनमा एक्यवद्धता जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्