गुठीको नाममा जनकपुरमा लुटतन्त्र : सांसद महतो



काठमाडौं : सांसद जुली कुमारी महतोले सरकारले ल्याएको गुठी विधेयकले धर्म संस्कृति र जात्राहरूलाई मास्ने नभई अझ भव्य र व्यवस्थित तरिकाले मनाउन सहयोग पुग्ने बताइन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले गुठीको नाममा जनकपुरमा लुटतन्त्र भएको आरोप लगाइन् ।

जनकपुरमा गुठीको जग्गा व्यक्तिको नाममा  पुगेको जानकारी गराइन् उनले देशका महत्त्वपूर्ण गुठीका जग्गाहरू कौडीको भाउमा व्यक्तिलाई बेचिएको अवस्थामा सरकारले अघि सारेको विधेयकले यस्ता क्षेत्रको संरक्षण गरी रितिरीवाज र जात्रालाई व्यवस्थित र उत्सवमय बनाउन सहयोग पुग्ने बताइन् ।

उनले एक पटक विधेयक पढ्न समेत आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्