प्रदेश ३ सरकारले ९ वटा जिल्ला जोड्ने प्रदेश चक्रपथ निर्माण गर्ने



काठमाडौं : प्रदेश ३ सरकारले प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।  

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले प्रदेश चक्रपथको नाम ‘पुष्पलाल’ राखिएको छ । 

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको लागि ४७ अर्ब ६० करोड बजेट प्रस्तुत गरेको थियो । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने सो प्रदेश चक्रपथले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेलाई जोड्नेछ ।

प्रतिक्रिया दिनुहोस्