नयाँ बानेश्वरमा ‘नो एमसीसी’ को नारा



काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेसँगै काठमाडौंमा एमसीसीविरोधी गतिविधि बढ्न थालेको छ ।
विभिन्न घटकहरुले नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्