पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा ६ वर्षीय बालक निमराज चौधरी रहेका छन्।

लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए।

भैहरवा–भूमही सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्