यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान तराईका थोरै भू-भागमा हुस्सुर-कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ।

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्