पुष्पाले बुझीन् अनलाइन मिडिया, संसद्मै विज्ञापन मागिन् 



काठमाडौं : कांग्रेस सचेतक पुष्पा भुसालले गृहमन्त्रालयको बजेट अनुसन्धान फितलो गराउन प्रयोग भइरहेको आरोप लगाइन । उनले अनुसन्धानमा भन्दापनि  उनुसन्धानलाई फितलो बनाउन प्रयोग गरेको आरोप लगाइन् ।

कैदी बन्दीको अवस्था दयनिय हुँदा समेत गृहमन्त्रालयले प्रयाप्त बजेट  नछुट्ट्याएको बताइन् । सरकारले सञ्चार माध्यमहरुकालागि  विज्ञापनमा विभेद गरेको उनको भनाइ छ उनले प्राविधिक युगमा आएको अनलाइन मिडियालाई सरकारले विधेद गरेको बताइन्  ।

उनले रेडियो टेलिभिजन पत्रिकालाई जस्तै अनलाइन मिडियालाई समेत विज्ञापन छुट्ट्याउनुपर्ने माग गरिन् । उनले पत्रकारको क्षमता वृद्धिकालागि समेत सरकारले ध्यान  दिन नसुकेको भनिन् । नेपालको १सय ६६ देशमा सम्बन्ध भए पनि त्यसको उपलब्धि शून्य हुनु दुखद भएको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्