प्रधानमन्त्री अगावै माधव नेपालको छुट्टै छलफल 



काठमाडौं: नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौँ उपत्यकाका सांसदहरूसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठिक दुई घण्टा पहिले माधव नेपालले बेग्लै छलफल गरेका हुन् ।

सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधेयकबारे सांसदरुसँग करिब डेढ घण्टा छलफल गरेका हुन् । छलफलमा सहभागीहरूले गुठी विधेयक फिर्ता लिन नेता नेपालसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्