बझाङमा जिप दुर्घटना, ६ काे मृत्यु, ४ जनाकाे शव फेला



बझाङ : जिप दुर्घटनामा परी ६ जनाकाे निधन भएकाे छ। सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको स१ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटठनामा परि ६ जनाको मृत्यु भएको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालयका सइ माहानन्द जोशीले बताएका छन्। जिप अफ्ठ्यारो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको उनले बताएका छन्। जीप के कसरी दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

२/३ जनाको उद्धार गरि सकेको छ भने जीपमा कति सवार थिए, कति जनाको मृत्यु भयो भन्ने केही खुल्न नसकेको उनले बताए। अहिलेसम्म ४ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा छ । घटनाको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्