किसानलाई राहतको माग गर्दै ज्ञानेन्द्र शाही भेटे कृषि मन्त्री (भिडियो)



काठमाडौं । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट बालीको नष्ट भएको भन्दै कुषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवको ध्यानाकर्षण गराए । आज आइतबार शाही नेतृत्वको टोली मन्त्रालय पुगेर मन्त्री रयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनले धान लगायत अन्य बालीको क्षतिपूर्तिको माग गरेका छन् । साथै उनले मौसमी बालीको बिमा गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्