प्रहरीको नजरमा महिला भनेकै ‘वेश्या’



पछिल्लो पटक आमा बुबा, साथीभाई, परिवार, इष्ठमित्रसँग बाहिर घुम्न निस्किनु ट्रेण्ड नै बनेको छ । यसै कारणले पनि शुक्रबार/शनिबार रेस्टुरेन्ट, क्याफे, लज, क्लब, होटेललगायतका स्थानहरूमा भीड लाग्ने गरेको छ । यो पनि जरुरी छैन कि तपाई घुम्न निसक्नु भएको व्यक्ति तपाईको परिवारको सदस्य नै होस् । कोही साथी र विशेष साथी पनि हुन सक्छन् ।

यो सामान्य हो, दिउँसो होस् या राति घरबाहिर निस्कदै गर्दा वा केटा वा केटी भएमा सबैको नजर तेर्सिन्छ । अनेक प्रश्नसहितका नजर महशुस गर्न सकिन्छ । भलै त्यो प्रश्नको उत्तर दिनु जरुरी हुँदैन तर ति नसोधिएका प्रश्नको जवाफ भने दिन मन लाग्छ । केहीले सो दृश्य सहजै स्वीकार्छन् भने केहीले सम्बन्धहरूको गलत अर्थ पनि लगाउने गरेका छन् । सोचसम्म पनि ठिक छ तर कसैले ‘वेश्या’को दर्जा दियो भने ? सुन्दा अच्चम लाग्छ । तर आश्चर्य यो पनि हो कि प्रहरीको सोचाईमा पनि परिवर्तन आएको छैन् ।

महिलाले आफूमाथि भएको दुव्र्यवहारको कानूनी उपचार खोज्न प्रहरीमा पुग्दा उल्टै पिडित महिलालाई नै दोषी मान्ने गरेका छन् । रक्षक नै भक्षक भएपछि न्याय माग्न कहाँ जाने ?

केही दिनअघि रातीको समयमा खाना खाँदै गरेकी मिना रिजाल (नाम परिवर्तन) पनि दुर्व्यवहारको सिकार हुन पुगिन् । बेलुकाको खान खान साथीसँग जनकपुरधाम उपमहानगरपालिकाको जनक चोकको होटलमा पुगेकी उनको छेउमा केही व्यक्तिहरु मादक पदार्थ सेवन गर्नमा व्यस्त थिए ।

रिजालको टेवलको विपरीत बसेका एक पुरुषले एकटकले हेरेपछि उनीसँगै भएका उनका साथीले ‘केही समस्या छ हो ?’ भनेर ती व्यक्तिलाई सोधे ।

ती व्यक्तिले आफू पैसा तिरेर त्यो ठाँउमा बसेको भन्दै बहस गर्न तर्फ लागे र त्यसपछि विवाद चर्कियो ।

कुनै पनि होटेल वा अन्य कुनै पनि सार्वजनिक स्थलमा सभ्य भएर कसरी बस्ने भन्नेमा शुरु भएको बहसको मोड ती व्यक्तिले ‘यस्ता केटीहरू त म ४/५ जना अहिले यही ल्याउन सक्छु’ भने पनि अन्यत्र मोडियो ।

ती व्यक्तिले भने ‘यो भन्दा राम्रा ४/५ केटीहरू त म यही ल्याउन सक्छु । के सोच्नु भएको छ ?’

त्यसपछि रिजाल प्रतिवादमा उत्रिन् । र पछि ती व्यक्तिले शब्दको अर्थको व्याख्या नलगाए पनि रिजालसँग माफि भने मागे । माफिपछि पनि विवादको टुँगो लागेन । विवाद प्रहरी सम्म पुग्यो जब ती व्यक्ति आफ्नो गल्ती स्वीकार नगरी सो होटेलमा प्रहरी लिएर आए । र उल्टै प्रहरीलाई अनुसन्धान गर्न सुझाए ।

जनक चौकमा कार्यरत सई जमाइल जय काप्रीले भने घटनामा ती व्यक्ति नै दोषी देखेपछि भोली आउनु भन्दै ती व्यक्तिसँगै होटेलबाट बाहिर निस्किए ।

रातीको समयमा ५ जना केटी लिएर आउने दाबी गर्ने पुरुष नेपाल सरकारका प्रहरी हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उनी कार्यरत छन् । नाम हो, लेखनाथ खनाल ।

रिजाल प्रश्न गर्छिन् ‘ती व्यक्तिले प्रहरी संगठनको प्रतिनिधित्व गर्छ । यस अर्थमा त हरेका केटीहरू प्रहरीको नजरमा त बेश्या नै भए नि ?’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सई लेखनाथ खनालका अनुसार मान्ने हो भने पुरुषसँग निस्किने हरेक महिला ‘बेश्या’ हुन् । जो कोही केटा मान्छेसँग हिड्ने , सँगै बसेर खाजा खाने, काम गर्ने केटीलाई उनले अपशब्द बोल्ने, बेइजती गर्ने काम गरेका छन् । खनाल जनक चोकमा रहँदा उनको व्यवहार सर्वसाधारणसँग राम्रो नभएको स्थानीयहरू बताउँछन् ।

लेखनाथ जस्ता संकुचित सोच भएका व्यक्तिले गर्दा अहिले मानिसले प्रहरीलाई नै विश्वास गर्न छोडेका छन् । हरेक मानिसको आफ्नो व्यक्तिगत स्वतन्त्रता हुन्छ । कहाँ जाने ,को सँग जाने, कहाँ बस्ने भन्ने यो कुरालाई हस्तक्षेप गर्ने अधिकार कसैसँग छैन् ।

तर खनाल जस्ता प्रहरीले सस्तो लोकप्रियता पाउनको लागि कुनैपनि महिलाको जिन्दगी सँग खेलवाड गर्ने समेत पछि परर्देन्न् । कोही पनि व्यक्तिले गरेको कामले अरुलाई कुनै किसिमको असर गर्देैन भने त्यहा गएर गाली वेईजती गर्ने व्यक्ति कारबाहीको भागेदार बन्नु पर्ने नियम छ ।
तर बर्दीको धाक लगाउँदै उनले अरुको निजी जिन्दगीमा विना कारण हस्तक्षेप गरेका छन् । अहिले यो समाजमा पनि यस्तो हुन्छ र भन्ने प्रश्न मनमा आउन सक्छ । आफन्तसँग जब घरबाहिर निस्किन्छौ तब प्रहरीमाथि निकै भरोसा गर्छोै किनकी उनीहरुमा हामी आफ्नो सुरक्षा देख्छौं ।

जुनसुकै परिस्थीतिमा पनि उनीहरुले सहयोग गर्छन भन्ने विश्वासका साथ हामी गाह्रो परिस्थीतिमा सहयोग माग्न सक्छौ । तर जब सुरक्षा र जिम्मेवारी लिएर बसेका प्रहरीले नै हरेक महिलालाई ‘धन्दावाली’ को रुपमा हेर्न थाल्छ भने महिलाले सुरक्षाको अनुभुति कसरी र कहाँ गर्ने ?

दुईचार जना पुरुष भएको खाजाघर, होटल या पसलमा आफ्नो आफन्त, साथीसँग गएर निर्धक्क रुपमा महिलाले खाजा खान समेत डराउँनु पर्ने अवस्था सिर्जना यो घटना पछि प्रहरीले नै गर्दैछन् भन्नेमा कुनै शंका नरहेको रिजालको भनाई छ ।

कुनै पनि सार्वजनिक स्थलमा कसैको बेइज्जत गुर्न कानूनले अपराध मानेको छ । मुलुकी अपराध संहित २०७४ को दफा ३०६ को उपदफा १ मा स्पष्ट भनिएको छ ‘कसैले कसैको बेइज्जती गर्न हुँदैन’ । दफा ३०७ मा भनिएको छ ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुन सक्ने प्रवधान रहेको छ ।

यसविषयमा रिजालले जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टे सो घटनाको वेवास्ता गर्दै धनुषा जिल्लामा सो घटना भएकाले आफ्नो कर्मचारीको बचाउ गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा आफ्नो गुनासो गर्न भने । अब रिजाल खनाललाई कारवाही हुन्छ कि हुँदैन भन्ने प्रतिक्षामा छिन् ।

प्रतिक्रिया दिनुहोस्