८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति



काठमाडौँ : गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो ।

मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले कारण सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति भएको बताए । उनले २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको बताए ।

प्रवक्ता सन्जेलले सबैभन्दा धेरै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भित्र्याउँदै गरेको धानबालीमा बाढी क्षति भएको बताए । उनले सातवटा प्रदेश गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबालीमा भएको क्षति मध्यमा लुम्बिनी प्रदेशमा मात्र ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति भएको बताए ।

यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्