टी-ट्वान्टी विश्वकप: पाकिस्तानको ऐतिहासिक जित, भारत १० विकेटले पराजित



काठमाडौं : टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो । पाकिस्तानले भारतमाथि १३ बल बाँकी छँदै १० विकेटको सानदार जित निकालेको छ । पाकिस्तानका मोहम्द रिजवन र बाबर आजमको अर्धशतकको सहयोगमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा पूरा गर्‍यो। ५५ बल खेलेका रिजवनले ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाए ।

त्यस्तै ५२ बल खेलेका आजमले ६ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । ऋशव पन्तले ३९ रन बनाउँदा रवीन्द्र जडेजा १३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान ११/११ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि साहिन आफ्रिदीले चार ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै हस्सन अलीले २ विकेट लिँदा शादव खान र हरिस रफले समान एक(एक विकेट लिए । साहिन आफ्रिदी म्यान अफ दी म्याचुसमेत चुनिए। भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए। जसमा सबै खेल भारतले नै जितेको थियो । बलियो मानिएको भारतमाथि सहज जित निकालेको पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्