विशेष समिति प्रतिवेदन उपर प्रदेशसभामा छलफल



जनकपुरधाम : संसदीय अनुगमन विशेष समिति २०७५ ले तयार  पारेको प्रतिवेदन ऊपर आज (सोमबार) प्रदेश सभामा छलफल सुरु भएको छ । छ्लफलका क्रममा प्रदेश सरकार सञ्चालन एवं व्यवस्थापनका लागि तत्कालिन शहरी विकास तथा भवन निर्माण डिविजन कार्यालय धनुषाद्वारा सम्पन्न गरिएको मरम्मत सम्हारमा व्यापक अनियमितता भएको प्रदेशसभा सदस्यहरुले बताएका छन् ।  

उक्त कार्यमा संलग्न जोकोहीलाई पनि कारवाही हुनुपर्ने सदनमा छलफलका क्रममा अधिकांश सदस्यले माग गरेका छन् । 

प्रतिवेदन ऊपर छलफलका क्रममा प्रदेशसभाका सदस्य पारसप्रसाद साहले  अनुगमनको रिपोर्टमा मरम्मर सम्हारको क्रममा बजेटमा व्यापक अनियमितता भएको पाइएको बताएका छन् । उनले अनियमितता गर्नेलाई कारवाही गर्नु पर्यो तर्क गरे  । 

साहले प्रतिवेदन राम्रो भएकोले पास गर्न सदनलाई आग्रह गरेका छन् । फरक प्रसंगमा बोल्दै साहले बारा–पर्सामा आएको हावा हुरिको प्रतिवेदन सबै पक्षले दिएको जिकिर गर्दै हाल वार्ड कार्यालयमा ताल्चा लगाइएको अवस्था देखिएको बताए ।

उनले प्रमुख जिल्ला अधिकारीले बनाएको रिपोर्ट आधारमा नेपाली शेनाले घर बनाउन सुरु गरिएको तर्क गर्दै  त्यसमा वार्ड कार्यालय र वार्ड अध्यक्षको कुनै दोष न रहेको भन्दै साहले त्यसबारे सदनको ध्यानाकर्षण गराउन चाहेको बताएका छन् । 

प्रदेशसभा सदस्य बाबूलाल साहले संसदीय विशेष समितिको प्रतिवेदन राम्रो सूक्ष्म रूपमे अनुगमन गरेको पाइएको बताएका छन् । प्रतिवेदनलाई अब व्यवहार लग्न सम्बन्धित निकायमा पठाएर कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

प्रदेशसभा सदस्य किशोरी साह कमलले सहरी विकास तथा भवन कार्यालयबाट गरीयको कार्य र देखिएको त्रुटिहरु स्पष्ट रहेको बताएका छन् । प्रतिवेदन राम्रो र प्रष्ट छ तसर्थ सदनबाट पास गर्नुपर्छ । 

अनुगमनको क्रममा हामीले थुप्रै विषयमा सम्बन्धित सरोकारवालासँग जवाव मागेको तर अझै जवाव न आएकोले सबैको सहयोग आवश्यक रहेको बताए प्रदेशसभाको सदस्य मञ्जु कुमारी यादवले आज बजेट माथि छ्लफल हुनु पर्ने थियो  । तर,  त्यसो न भएर आज मरम्मत संहार र फर्निचर र प्रतिवेदनबारे छ्लफल राखिएकोमा चित न बुझेको बताएका छन् । 

प्रदेश २ को मन्त्रालयमा अहिले कतई पनि राष्ट्रपतिदेखी सहिदसम्म कसैको तस्वीर न देखिएको गुनासो पोखे । राजेश्वर प्रसाद साहले संसदीय अनुगमन विशेष समिति २०७५ गठन गरेर अनुगमन गरिने कार्य गरियो त्यो एकदम राम्रो संकेत रहेको बताएका छन् ।  

संघीय सरकारको मातहतमा तत्कालीन समयमा मरम्मत संहार गरिएको कार्यमा व्यापक चलखेल र भ्रष्टाचार भएको प्रतिवेदनमा झलकिएको छ र अनुगमन समितिको प्रतिवेदनलाई व्यवहारमा लागू गर्न जसले भरष्टाचार गरेको छ त्यसलाई कारवाही गर्न सदनको ध्यानाकर्षण गराइयो ।

प्रदेशसभा सदस्य सत्रुधन महतोले तत्कालीन समयमा प्रदेश सभा, मन्त्रालय, मुख्य मन्त्री कार्यालय लगायतका स्थानमा जुन कार्य भएको छ त्यसमा व्यापक भरष्टाचार भएको देखिएको छ । कार्य जसरी भएको छ त्यसमा व्यापक त्रुटि देखिएको छ । 

ढोका पाँच ओटा देखाईएको छ खोज्दा ३ ओटा मात्र फैला परेको, पङ्खा जती हुनुपर्ने त्यो छैन, एक जनालाई १५–१५ वटा कार्य दिएको देखिएको छ । तसर्थ भ्रष्टाचार गर्ने गराउनेलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाउन महतोले आग्रह गरे ।

प्रतिवेदनको सम्बन्धमा उठेको प्रश्नको जवावमा समितिका सदस्य शिवचन्द्र चौधरीले प्रतिवेदन सबैको सहमतिमा आएको र प्रतिवेदनलाई प्रक्रियामा अगाडि बढाउन आग्रह गरे ।

के छ प्रतिवेदनमा ?

तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा हालको संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाको कार्यालय मार्फत नेपाल सरकारले कुल ७ करोड रुपैयाँ प्रदान गरेको थियो । मन्त्रालय तथा प्रदेशसभासहितको लागि छनोट गरिएको भवनको मर्मतसम्भार ६ करोड रुपैयाँ र फर्निचर तथा फिक्सचर्सका लागि १ करोड गरी कुल ७ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

समितिले गरेको स्थलगत छानबिनमा तत्कालीन समयमा उक्त कार्यालयले गुणस्तरहिी काम गरेको, कार्यालय व्यवस्थापनका लागि जिन्सी सामानहरू खरिद गर्दा कम लागतको ठाउँमा बढी रकमको बिल भरपाइ बनाइ आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । कतिपय शीर्षकमा काम नै नगरी कागजमा मात्रै देखाइ रकम दुरुपयोग गरेको, कार्यालय व्यवस्थापनको लागि जिन्सी सामान खरिद गर्दा कम मूल्य पर्ने सामानको बढी मूल्यको बिल भरपाइ बनाइ रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । जनकपुर चुरोट कारखानास्थित ए ब्लकको भुइँ तल्ला भवनको मर्मतसम्भार गर्दा व्यापक त्रुटी तथा अनियमितता भएको समितिको ठहर छ । आदर्श कन्स्ट्रक्सनले गरेको काममा अनियमितता भएको हो । सम्झौताअनुसार प्लास्टिक एम्ल्सन पेन्ट प्रयोग गर्नु पर्नेमा लोकल पेन्ट प्रयोग गरेको, सर्फेस गुणस्तरहिन देखिएको, सतह चिल्लो हुनुपर्नेमा सो अनुसार नभएको र कमसल खालको रंग प्रयोग गरेको समितिले ठहर गरेको छ ।

एक कोट रेडिमेड इनामेल पेन्टको कामको लगत अनुमान गर्दा दर विश्लेषण अनुसार १ सय २३ रुपैयाँ २८ पैसा हुनुपर्नेमा २ सय ३० रुपैयाँ २३ पैसा राखेर सोही बमोजिम ठेकेदारलाई भुक्तानी गरिएको छ । एल्मुनियमको ढोकाको सम्झौता अनुसारको ढोका तथा काँच नभएको पाइएको छ । उक्त ठेकेदारलाई सम्झौता भन्दा १ लाख ३५ हजार ७ सय ९५ रुपैयाँ बढी भुक्तानी गरिएको छ ।त्यसै गरी सप्तऋषि बाबा निर्माण सेवाले गरेको काममा पनि अनियमितता भएको पाइएको छ । ५ मिलिमिटरको शिशा र ९ मिलिमिटरको मोटाइ भएको एल्मोनियमको शिशा प्रयोग गर्नुपर्नेमा सोअनुसार नगरेको पाइएको छ । ९० हजार ८४ रुपैयाँ ५० पैसा बढी रकम उक्त निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ ।

त्यसैगरी राणा बिल्डर्स जनकपुरधाम ६ लेन गरेको काममा पनि व्यापक अनियामितता भएको पाइएको छ । प्रायः जसो निर्माण व्यवसायीले गरेको काममा अनियमितता भएको समितिको प्रतिवेदनमा उल्लेख छ । उपसभामुख उपमादेव संयोजक रहेको समितिमा सांसदहरू बच्चा राउत, अहिर यादव, बिन्देश्वर प्रसाद यादव, शत्रुघन महतो रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्