बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला, ५ घाइते



बझाङ : बझाङ जिप दुर्घटनामा परी ९ जनाकाे निधन भएकाे खबर प्राप्त भएकाे छ । जिपमा १४ जना सवार रहेका र पाँच जना घाइते अवस्थामा भेटिएकाे उद्धारमा खटिएका प्रहरीले बताएकाे छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएकाे छ।

सडकबाट जिप पाँच सय मिटर खसेकाे थियाे । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकाे छ ।

आज दिउँसाे सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियाे ।

घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालयका सइ माहानन्द जोशीले दुर्घटनामा सबैकाे ज्यान गएकाे हुन सक्ने बताएका छन्। अफ्ठ्यारो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण प्रहरी बाटाे बनाउँदै उद्धार गएकाे खबर त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्