गौतमबुद्ध एयरपोर्टबाट नेपाल एयरलाइन्स मार्फत परीक्षण उडान गछौं : मन्त्री आले



भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन् ।

शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताएका हुन्।

परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत गर्ने उनको भनाइ छ। बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बिहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनले बताएका छन्।

टर्मिनल भवन टी–२ को लागि अर्थमन्त्रीसँग कुरा भएको जानकारी दिदै उनले टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्