बझाङ जिप दुर्घटना (अपडेट) : मौसमका कारण उद्धारमा कठिनाइ



बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। घटनास्थलमा व्यापक हावाहुरी र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ। घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर पनि पुगेको हाम्रा सहकर्मीले बताएका छन्।

जिपमा १४ जना सवार रहेको र पाँच जना घाइते अवस्थामा भेटिएको उद्धारमा खटिएका प्रहरीले बताएका छन्। सडकबाट जिप पाँच सय मिटर खसेको थियो।

प्रतिक्रिया दिनुहोस्