भक्तपुरको बिभिन्न स्थानमा तीन जना मृत फेला



भक्तपुर । भक्तपुरको छुट्टाछुट्टै ठाउँमा तीन जना मृत अवस्थामा भेटिएका छन् । एक जनाको निसास्सीएर र २ जना सडकमा मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सानोठिमीमा निर्मला महर्जनको घरमा डेरा गरी बस्ने उदयपुरको गाईघाट घर भएका ४० वर्षीय गणेश मगर शौचालयमा अचेत अवस्थामा भेटिएका थिए । उहाँको अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै आज बिहान सानोठिमीको दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा उदयपुरको कटारी घर भएका सुरज तामाङ पनि मृत अवस्थामा भेटिएका छन् ।

यस्तै सूर्य विनायक नगरपालिकाको नङ्खेल भाराली खोलामा नाम ठेगाना नखुलेका अर्को एक व्यक्ति पनि मृत अवस्थामा भेटिएका छन् । सबै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी भक्तपुरले जनाँएको छ ।

प्रतिक्रिया दिनुहोस्