प्रजातन्त्रको खोल ओढेका कम्युनिस्टबाट नै बढी खतरा : नेता महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिस्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा आयोजना गरिएको ुविश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्थाु विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका नेता महरले केपी ओली नेतृत्वको तीन वर्षे सरकारतर्फ इङ्गित गर्दै समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्यमान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने महरको भनाई छ ।

‘केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार प्रजातन्त्रको आवरणमा चुनावमा सहभागी भएर दुई तिहाइ बहुमतबाटै आएको हो । तर, सो सरकारका क्रियाकलाप प्रजातन्त्रका आधारभूत मूल्यमान्यताविरुद्ध थिए,’ नेता महरले भने । जनताका आधारभूत आवश्यकतालाई मध्यनजर नगरी समाजवादको नारा लगाउनेबाट प्रजातन्त्रलाई जोगाउनुपर्ने बेला आएको महरले बताए ।

जति विकासका कुरा गरे पनि घरघरमा सडक पुर्‍याइए पनि नेपालमा प्रजातन्त्रका पक्षमा जनताको उपस्थिति न्यून रहेको नेता महरको भनाई थियो । पछिल्लो समय नेपालमा चर्चाको केन्द्रमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विरोध्रीहरूप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०र२५ जना कम्युनिस्टहरूले विदेशीहरू आउनेभन्दै सुतेको प्रसंग सुनाए ।

प्रतिक्रिया दिनुहोस्