नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको छ : सन्नी लियोनी



काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरमा सन्नी लियोनीले नेपाली गीतको भिडियो शेयर गर्दै खुसी ब्यक्त गरेकी छन् ।  नेपाली फिल्म पासवर्डको गीतमा आफूले अभिनय गरेको उल्लेख गर्दै उनले ट्वीटरमा आफूलाई नेपालको माया भएको र नेपाली फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व लागेको बताइन। 

भिडियोमा सन्नीको बोल्ड अवतार देख्न सकिन्छ । गीतमा बिक्रम जोशी, अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड छन् । गीतलाई बलिउडकै कोरियोग्रार विष्णु देभाले कोरियोग्राफी गरेका छन् । यस फिल्मलाइ सम्राट बस्नेतले निर्देशन हुन् । गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द छ । 

फिल्ममा  विक्रम जोशी (बिक्की), सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परी रानालगायत कलाकारको मुख्य भूमिका छ। याे फिल्म भदौ २७ गतेदेखि रिलिज हुँदैछ ।

यस्तो देखिइन् नेपाली गीतमा सन्नी लियोनीभिडियोसहित

प्रतिक्रिया दिनुहोस्