एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र (विज्ञप्ति)



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।

एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न पत्र बुझाइएको युवा संगठनका अध्यक्ष पाटन जंगलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Avatar

 

प्रतिक्रिया दिनुहोस्