इलाममा धामी बसी झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या



इलाम : इलाममा एक व्यक्तिले धामी बसी झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेका छन् । देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटिई गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्