दुई रुपैँया माग्नुस !




काठमाडौ । कपन बस्ने सुहानी रोक्का दैनिक जस्तो सार्वजनिक यातायात प्रयोग गर्ने प्रयोग कर्ता हुन् । कपन दुर्गामन्दिरबाट चावहिल आउनको लागि सेतो माइक्रो प्रयोग गर्ने सुहानीले गाडीबाट झरेपछि भाडा १८ रुपैँया हो दुई रुपैया फिर्ता दिनुस ? भनेर सहचालक सँग पैसा फिर्ता मागिन। तर सहचालकले दुईरुपैया कँहा बोकेर हिड्नु छैन् भन्दै झर्किए । पाँच किलोमिटर यात्रा गर्न उनले दैनिक २० रुपैँया गाडी भाडा तिर्छिन् ।

सुन्धाराको सिटिसि महल मा काम गर्ने जानुका थापा नयाँ बसपार्क बस्छिन्। दैनिक जस्तो सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने उनले आउँन र जानको लागि रु ५० रुपैँया तिर्ने गरेकी छिन् । भाडा दरको हिसाबले हेर्ने हो भने उनले दैनिक ४ रुपैँया बढी तिर्छिन् । रु २३ रुपैया भाडा भएपनि सहचालकले फिर्ता नदिने र आफूले खुद«ा पैसा दिएपनि सिक्का नदिनु भन्दै गालि गर्छन् । यात्रुलाई फिर्तापनि नदिने र यात्रुले दिदापनि खुद«ा पैसाले झमेला हुने भन्दै सवारीसाधनले यात्रु ठग्दै आएका छन् । तिलगंगा देखि भृकुटीमण्डप सम्मको टेम्पोभाडा दर रु २८ रहेको छ । तर चालकहरुले खुद«ा पैसा नभएको भन्दै रु ३० लिने गरेका छन् ।

उपत्यकामा एक सवारी साधनले कम्तिमा पनि दैनिक ५ पटक सम्म चक्रपथ परिक्रमा गर्ने गर्छ । जसमा २० जना यात्रुमात्र राखेर २ रुपैँयाको दरले बढी भाडा लिदा मात्र पनि २ सय भन्दा धेरै पैसा उठ्ने गरेको छ । आफूखुशि भाडा लिने र फिर्ता माग्दा समेत नदिने सवारी साधनलाई कारबाही गरिने महानगरिय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । महाशाखाका प्रहरी निरिक्षक जनकराज भट्टराई भन्छन् ‘अहिले यात्रुबाट भाडामा ठगिएको गुनासो धेरै नै आउने गरेको छ ।’ यात्रु र सवारी चालक दुबैले लाग्ने भाडा लिनु र दिनु पर्ने भट्टराई बताउँछन् । हरेक सवारी साधनमा यात्रुलाई पैसा फिर्ता दिनको लागि खुद«ा पैसाको व्यवस्था गर्न र यात्रुले पनि सकभर लाग्दो मात्र भाडा दिन उनले आग्रह गरेका छन् सरकाले यहि कात्तिक १ गतेबाट भाडादर लागु गरेपछि ५ किलोमिटर सम्मको यात्राको लागि रु १८ रुपैँया तोकेको छ ।

तर सवारी साधनले भने प्रत्येक यात्रुसँग रु २० को दरले पैसा उठाउने गरेका छन् । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडामा २३ प्रतिशत भाडा बढाएको छ । हाल काठमाडौं उपत्यकाको हकमा यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ । उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्