यस्ता छन् बलिउड अभिनेत्री कंगनासम्बन्धी रोचक तथ्य



काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।

कंगना बाल्यकालदेखि नै द्रुत गतिमा बढ्ने स्वाभावकी थिइन् । त्यहीकारण उनका पिता उनलाई ‘लेडी डायना’ भनेर बोलाउँथे । कंगनालाई परिवारले मेडिकल पढ्नका लागि नयाँदिल्ली पठाएका थिए । तर उनले अभिनयका लागि पढाइ नै छोडिन् ।

उनी एक प्रशिक्षित कत्थक नृत्यांगना पनि हुन् । कंगना खाली समयमा पुस्तक पढ्न र संगीत सुन्न मन पराउँछिन् । कंगनाको मनपर्ने फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ हो । उनी अनुभवी बास्केटबल खेलाडी पनि हुन् ।

उनी शाकाहारी अभिनेत्री हुन् । यही कारण उनलाई सन् २०१३ मा पेटाले ‘हटेस्ट भेजिटेरियन’को उपाधि दिएको थियो । अभिनेत्री शबाना आजमीपछि कंगना सबैभन्दा धेरै नेसनल अवार्ड जित्ने अभिनेत्री हुन् ।

कंगना ज्योतिषमा बढी विश्वास गर्छिन् । घरमा पाएको खाना मनपराउँछिन् । उनको मनपर्ने परिकारमा दाल, भात र तरकारी हो । बिदा मनाउन उनको मनपर्ने स्थान लन्डन, पेरिस र न्युयोर्क हो । कंगनाको मनपर्ने रंग कालो हो ।

प्रतिक्रिया दिनुहोस्