एमसीसी टेबुल गर्नेबारे पार्टीमा सल्लाह भएको छैन : श्रेष्ठ



काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।

‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्