सर्लाहीमा प्रधानध्यापकले बेहोस हुने गरी ६ जना विद्यार्थी कुटे



सर्लाही : बरहथवा नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट ६ विद्यार्थी घाइते भएका छन्।

पिटिएकामध्ये एक अर्थचेत र अन्य सामान्य घाइते भएका छन्। बरहथवा नगरपालिका १ हजरिया सहनी टोलस्थित बागमती सामुदायिक आधारभूत विद्यालयका प्रअ महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत सञ्जीव सहनी गम्भीर घाइते भएका हुन्। उनको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। 

‘बिहान लाइन बस्दा भनेअनुसार नगरेको भन्दै हेडसरले पहिला लाठीले पिट्नुभयो र लाठी भाँचिएपछि मुक्का हान्नुभयो,’ घाइते सञ्जीवले भने, ‘त्यसपछि म लडें, केही थाहा भएन, अस्पतालमा आएपछि मात्र होस खुल्यो।’

प्रअले पहिला विद्यार्थीलाई पिटेर संवेदनहीन काम गरेको वडाध्यक्ष रत्नबहादुर गिरीले बताए। प्रअ रायले भने निर्घात कुटपिट नगरेको दाबी गरे। ‘अनुशासन राख्न सामान्य कुटपिट गरेको हुँ,’ उनले दाबी गरे, ‘निकैबेर पिटी खेलाएपछि विद्यार्थीहरु थाकेर लडेका हुन सक्छन्, कुटाइबाट कोही लडेको छैन।’

प्रतिक्रिया दिनुहोस्