जाजरकोटको २५ वडामा एमालेको अधिवेशन सम्पन्न



जाजरकोट । नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टी सदस्यता नवीकरणको काम नटुंगेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।
उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।
भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ ।
अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।
यस्तै कुशे गाउँपालिकाभित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा र छेगाडाड नगरपालिका १३ वटा वडमा अधिवेशन हुन बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए ।
जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र मंगलबार अधिवेशन भएको छ ।
सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।
यस्तै, नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ ।
ठुलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डो नौ, जगदुल्ला ६, मुड्केचुला नौ, काइकेमा सात र छाकाताङसुङ ६ वडामा अधिवेशन भइसकेको उनले बताए ।
डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा हुन सकेको छैन । पार्टी सदस्यताको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्