दोहोरी च्याम्पियनको फाइनल शनिबार पोखरामा हुँदै



काठमाडौं । रियालिटी शो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ ।
बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् ।
फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्को बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ ।
यी मध्य विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।​
स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपालको टिम भिड्नेछ ।
दर्शकको मतका आधारमा समेत बिजेता छानिने भएकोले आयोजक भोटिङ राउण्ड खुला गरेको छ ।
आफ्नो पक्षमा भोट गराउन प्रतियोगी अहिले अभिनयमा जुटेका छन् ।
प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि।जी र चन्द्र शर्मा निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसन ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए ।
शोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गर्नेछन् ।
शोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ ।
गायक बद्री पंगेनी र गायिका प्रीति आलेले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्