यात्रुहरूको नगद तथा सामान लुटपाट गरी भाग्दैगर्दा ३ जना पक्राउ



म्याग्दी : जिपलाई रोकी यात्रुहरूको नगद तथा सामान लुटपाट गर्ने पक्राउ परेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१ ज ५९०९ नम्बरको जिपमा लुटपाट गर्ने ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका-७ हिस्ताङ बस्ने समिति पुन, म्याग्दी रघुगंगा गाउँपालिका-१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका-३ पारी बस्ने कुशल पाईजा रहेका छन् ।

उनीहरूले उक्त जिप रोकी यात्रुहरूको साथमा रहेको नगद तथा झोलाहरू लुटी भाग्दै गर्दा उनीहरू पक्राउ परेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्