संसदमा एमसीसी टेबल भएपछि एमाले नेता रिजालले भने, ‘सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ



काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेका नेता बिष्णु रिजालले एमसीसी संसदमा पेस भएपछि एमसीसीको विरोध गर्ने सांसदलाई राजीना दिएर देखाउन चुनौति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो चूनौति दिएका हुन् ।

उनले लेखेका छन्, ‘सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ। तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन। मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्