आयोजक टोली इंग्ल्यान्डसँग अफगानिस्तानकाे प्रतिस्पर्धा



काठमाडाै :  इंग्ल्याण्ड र वेल्समा जारी १२ ‌‍‍‍‍‍‍औँ एकदिवशीय विश्वकप अन्तर्गत मंगलबार आयोजक टोली इंग्ल्याण्डले अंकतालिकाको पूच्छारमा रहेको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। म्यान्चेस्टरको ओल्ट ट्राफोट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि खेल सुरु हुनेछ।

पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेको इग्ल्याण्ड र आजसम्म सम्पूर्ण खेलमा पराजित भएर दोस्रो विश्वकप खेलिरहेको टोली अफगानिस्तानलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउने योजनामा अग्रसर हुने लक्ष्यमा छ।

अफगानिस्तानले विश्वकपको अहिलेसम्मको खेलमा अुनभवको कमीकै कारण पराजय ब्यहोरेको छ। इंग्ल्याण्डलाई पराजित गर्न उनीहरुले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ।

इंग्ल्याण्डका सुरुआती ब्याट्सम्यान ज्यासन रोय ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपमा आगामी २ खेलमा खेल्ने छैनन्। त्यस्तै ढाडको दुखाईका कारण इयोन मोर्गनले पनि खेल्न सक्ने निश्चित भइसकेको छैन। ज्यासनको स्थानमा जेम्स भिन्सले टिममा स्थान बनाएका छन्।

एक दिवसीय क्रिकेटमा आजसम्म इंग्ल्यान्ड र अफगानिस्तानको एकपटक मात्र भेट भएको छ। सो खेलमा अफगानले हारको सामना गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्