आइएसको आक्रमणमा १० जनाको गयो ज्यान



काठमाडौं । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार सो आक्रमणमा अरु १२ जना घाइते भएका छन् ।
दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।
इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।
त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।
इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्