जसपाले पार्टी बैठकबाट एमसीसीबारे निर्णय लिने



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एमसीसीबारे निर्णय गर्ने भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले दुई दिन भित्र पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारले संसदमा टेबल गरेको एमसीसीका विषयमा अन्तिम निर्णयमा पुग्ने बताए । सरकारले आइतबार प्रतिनिधिसभा बैठकका सत्ता गठबन्धनका दलहरुको तीव्र विरोध र विवादकाबीच एमसीसी विधेयक टेबल गरेको हो ।
जसपा सत्ता गठबन्धनको साझेदार दल रहेपनि पार्टी भित्र एमसीसीबारे मतभेद रहेको छ । अध्यक्ष यादव एमसीसीबारे मौन रहँदै आएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने अडान राख्दै आइरहेका छन् । यादव र भट्टराईबीच एमसीसीसहित अन्य विषयमा पनि विवाद रहेको छ ।
द नेपालटपसँगको कुराकानीमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणीसमितिको बैठक बसेर एमसीसीका विषयमा औपचारिक धारणा तय गर्ने बताए । ‘पार्टीभित्र हालै उत्पन्न विवादसहित एमसीसीका विषयमा हामीले छिट्टै धारणा तय गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्