क्लबका अध्यक्ष खेलाइफी र एम्बाप्पेको बिबाद चर्किँदै



एजेन्सी : फ्रान्सेली क्लब पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले एम्बाप्पे क्लबमै रहने सम्भावना दुई सय प्रतिशत रहेको बताएका छन्। फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पे अर्को सिजन पेरिस सेन्ट जर्मेन छोड्न सक्ने हल्ला सर्वत्र चुलिएपछि उनले सो कुरा बताएका हुन्।

२० बर्षिया एम्बाप्पेलाई पछिल्लो समय फ्रान्सेली क्लब बाहिर रहेका अन्य क्लबमा जोडेर हेर्न थालिएको छ।

खेलाइफीले भने,‘म यस्ता अनौठा खेलाडीलाई जान दिने छैन।’ उनले ब्राजिली स्टार नेयमारलाई पीएसजीमा अनुबन्धन गर्न कसैले दबाब नदिएको समेत उल्लेख गरे। नेयमार पीएसजीमा खुसी नभएको समाचार बाहिर सार्वजनीक भईरहदाँ क्लब अध्यक्षको यस्तो भनाई बाहिर आएको हो। एक अन्तरवार्तामा उनले भनेका छन्, ‘म यो चाहन्छु की, हाम्रो जर्सी लगाउँदा खेलाडीले गर्वको महशुश गर्न सकुन्।’ 

उनले भखैरै मात्र एक फ्रान्सेली अवार्ड समारोहमा आफू जिवनको महत्वपूर्ण विन्दुमा पुगेको भन्दै आफूले थप जिम्मेवारी लिन चाहेको बताएका थिए। उनी प्रिमियर लिग क्लब लिभरपुल र स्पेनिस महारथी रियल मड्रिडसंग जोडिन चाहेको जनाएका थिए।

‘उनी हाम्रा धेरै परियोजनामा सामेल हुन चाहन्छन्। टिमसँग अघि बढ्न चाहन्छन्। मैले उनलाई त्यही जिम्मेवारी सम्झाएको छु। त्यसपछि उनले सोधेको छैनन्।’ अल खेलाईफीले भनेका छन्।

‘उनी निकै बुद्विमान खेलाडी हुन्। मलाई लाग्छ, उनले सम्झिसकेका छन्। के उनी अर्को सिजन हामीसँग हुन्छन् त? म सतप्रतिशत होईन, दुई सय प्रतिशत निश्चित छु।’ उनले थपेका छन्।

विश्वकप विजेता एम्बाप्पेले पछिल्लो सिजन पीएसजीका लागि ४३ खेलमा ३९ गोल गरेका छन्। लिग वानमा आफूले पेनाल्टी प्रहार गर्न नपाएको र पारीश्रमिकमा क्लबले आफूलाई हेलना गरेको भन्दै केहि समय अगाडिबाट एम्बाप्पे क्लबप्रति आबक्रोशित देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्