शिक्षण अस्पतालका कर्मचारीको आन्दोलन स्थगित



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ९ दिनदेखिको जारी आन्दोलन स्थगित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षतामा बुधबार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलनका कार्यक्रम स्थगित भएको हो ।
अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टीकरण खारेज गर्ने लगायतका सहमति भएको छ ।
मध्यस्त समितिको प्रतिवेदन नआउँदासम्म आन्दोलनका कार्यक्रम स्थगित भएको संयोजक गुरागाइँले बताए । उनले अध्ययनका लागि कार्यविधि बनाएर छानबिन सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्